काठमाडौं । निर्जिवन बीमाको व्यपार मोटर बीमाले धानेको छ । चालु आर्थिक वर्ष २०८२।८३ को फागुनसम्म निर्जीवन बीमकले साढे ३२ अर्ब बढीको व्यापार भित्र्याएका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२।८३को ८ महिना फागुनसम्म निर्जीवन बीमकहरुले ३२ अर्ब ५२ करोड ८२ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन् । त्यसमध्ये मोटर बीमाको हिस्सा ३१.१९ प्रतिशत रहेको छ ।
१४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले मोटर बीमातर्फ १० अर्ब १४ करोड ५९ लाख रुपैयाँ व्यापार भित्र्याएका हुन्।
यसैगरी कुल व्यापारमा सम्पत्तितर्फ २३।३५ प्रतिशत, इन्जिनियरिङ तथा ठेक्का जोखिमतर्फ १७.८७ प्रतिशत, विविधतर्फ १०.५४ प्रतिशत, सामुद्रिकतर्फ ६.०३ प्रतिशत, हवाईतर्फ ४.९३ प्रतिशत, कृषि तथा बालीतर्फ ३.३८ प्रतिशत र लघुतर्फ २.५७ प्रतिशत रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीहरुले ७ अर्ब ६३ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
यसैगरी इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामार्फत कम्पनीहरुले ५ अर्ब ८१ करोड २१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्।
चालु आर्थिक वर्षको फागुनसम्म कम्पनीहरुले विविध बीमातर्फ ३ अर्ब ४२ करोड ८८ लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ १ अर्ब ९६ करोड ३६ लाख रुपैयाँ, हवाई बीमातर्फ १ अर्ब ६० करोड ३८ लाख रुपैयाँ, कृषि तथा बाली बीमातर्फ १ अर्ब १० करोड ३ लाख रुपैयाँ र लघु बीमातर्फ ८३ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।
कुन कम्पनीले गरे कति संकलन ?
निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/ ८३ को फागुन महिनासम्ममा साढे ३१ अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार कम्पनीहरुले १८ लाख ६२ हजार ११४ वटा बीमा पोलिसी बिक्री गरी कुल ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ ।
कम्पनीले यस अवधिमा ३ अर्ब ३६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
एनएलजी इन्स्योरेन्सले २ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९६करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ९४करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ७८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्सले १ अर्ब ४९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्सले ८६ करोड ८७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।












प्रतिक्रिया