हनरको नयाँ ‘म्याजिक अफ ८’ सार्वजनिक


काठमाडौँ । हनरले नेपालमा आफ्नो नयाँ ‘म्याजिक अफ ८’ सिरिज सार्वजनिक गरेको छ । यसअन्तर्गत म्याजिक ८ प्रो, एक्स ८ डी र प्याड एक्स ८ बी बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।

नयाँ सिरिजले शक्तिशाली कार्यक्षमता, कृत्रिम बुद्धिमत्ता र आकर्षक डिजाइनलाई समेट्दै प्रयोगकर्ताको दैनिक जीवनलाई सहज बनाउने लक्ष्य राखेको छ । म्याजिक ८ प्रोमा उच्च क्षमताको क्यामेरा, शक्तिशाली प्रोसेसर र दीर्घकालीन ब्याट्री सुविधा समावेश गरिएको छ । यसमा विभिन्न बुद्धिमत्ता आधारित सुविधा पनि रहेका छन् ।

त्यस्तै, एक्स ८ डीमा पातलो बनावट, ठूलो ब्याट्री, छिटो चार्ज हुने सुविधा र उन्नत क्यामेरा रहेको छ । प्याड एक्स ८ बीमा ठूलो पर्दा, आँखामैत्री प्रदर्शन र बलियो संरचना दिइएको छ ।

कम्पनीका अनुसार नयाँ सिरिज सृजनात्मक काम गर्ने, पेशागत प्रयोगकर्ता तथा दैनिक प्रयोगका लागि उपयुक्त हुनेगरी डिजाइन गरिएको हो । उक्त सामग्रीहरू नेपालभरका आधिकारिक बिक्री केन्द्रमार्फत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८२, बिहिबार  १३ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।