फरवार्ड माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ८२.१९ रुपैयाँ, नाफा १५ प्रतिशतले बढ्यो

0
Shares

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले गत आर्थिक वर्षमा ३१ करोड ४ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.०७ प्रतिशतले धेरै हो ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले २६ करोड ९७ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको व्यवसायमा सुधार देखिएको छ । निक्षेप, कर्जा तथा सपाट रकम बढेको छ । जसले गर्दा खुद ब्याज आम्दानी तथा संचालन नाफा बढ्दा नाफामा सुधार आएको हो ।

फरवार्डले गत असार मसान्तसम्म ४ अर्ब ६२ करोड निक्षेप संकलन गरी १० अर्ब ६ करोड कर्जा विस्तार गरेको देखिन्छ । जसले बैंकहरुबाट ५ अर्ब बढी रकम सापट चलाएको छ । यसबाट फरवार्डले १७.७२ प्रतिशतले खुद ब्याज आम्दानी बढाएर ७५ करोड कमाएको छ । कम्पनीको कर्मचारी खर्च भने बढेको छ ।

हाल फरवार्डको चुक्ता पूँजी ३७ करोड ७६ रुपैयाँ छ । रिजर्भ कोषमा ८८ करोड जम्मा भएको छ ।

फरवार्डको प्रतिशेयर आम्दानी बढेर ८२ रुपैयाँ १७ पैसा कायम भएको छ । यसको प्रतिशेयर नेटवर्थ ३३३ रुपैयाँ छ ।

खराब कर्जा सामान्य बढेर ०.४७ प्रतिशत पुगेको छ ,कस्ट अफ फन्ड ९.४७ प्रतिशत र मूल्य आम्दानी अनुपात १८.६२ गुणा छ ।