काठमाडौँ । सिद्धार्थ बैंक र नेपाल इन्टरनेशनल हेल्थ सर्भिसेजबीच बैंकका ग्राहकलाई विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार जमलस्थित उक्त संस्थामा बैंकका ग्राहकले कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकले यस सहकार्यले ग्राहकलाई सहुलियत दिनुका साथै डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरेको छ।












प्रतिक्रिया