युनाइटेड इन्स्योरेन्सले भदौ ३ गतेबाट हाल कायम चुक्ता पूँजीको २४० प्रतिशत (१ः२.४ अनुपातमा) हकप्रद शेयरको बिक्री खुला गर्नेे भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद शेयर बिक्री गर्ने छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।
उक्त हकप्रदमा साउन १३ गते सम्म कायम शेयर धनीले आगामी असोज ६ गतेसम्म आवेदन दिन सकिनेछ ।
युनाइटेडको हाल चुक्ता पूँजी ३० करोड २४ लाख छ । हकप्रद बिक्रीपछि चुक्ता पूँजी १ अर्ब २ करोड ८१ लाख पुग्नेछ ।
प्रतिक्रिया