दीपक भट्ट, सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा


काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा हानेको छ ।

नेपाल प्रहरी र स्थानीय निकायको सहयोगमा मङ्गलवार बिहानैबाट विभागले १२ घण्टा लगाएर उनको घर र कार्यालयमा विशेष अपरेशन चलाएको हो ।

मंगलबार निजी निवास र हिमालयन रि(इन्स्योरेन्सको कार्यालयमा छापा हानेर अनुसन्धानका लागि आवश्यक कागजात लिएको विभागका एक कर्मचारीले जानकारी दिए ।

सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् । भट्टको निवास र कार्यालय सिल गरिएको छ ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार  १२ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।