सामसंगको माइक्रोवेभ मास्टरक्लास सम्पन्न


काठमाडौँ। सामसंग नेपालले घरमै सजिलो र स्वादिलो खाना पकाउने प्रविधि प्रवर्द्धन गर्ने उद्देश्यले विशेष माइक्रोवेभ मास्टरक्लास आयोजना गरेको छ।

कार्यक्रममा अनुभवी शेफको सहभागितामा माइक्रोवेभमार्फत छिटो, सजिलो र पोषणयुक्त परिकार बनाउने तरिकाबारे प्रदर्शन गरिएको थियो। सहभागीहरूले विभिन्न प्रकारका माइक्रोवेभ प्रयोग गर्दै व्यवहारिक सीप सिक्ने अवसर पाए।

साथै, स्मार्ट प्रविधिमार्फत घरेलु उपकरण सञ्चालनलाई सहज बनाउने उपायहरूबारे पनि जानकारी दिइएको थियो। कम्पनीले यस्ता पहलमार्फत ग्राहकलाई आधुनिक भान्सा समाधानमा सशक्त बनाउने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित मिति: २ बैशाख २०८३, बुधबार  १३ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।