उपत्यका विकास प्राधिकरणका तत्कालीन आयुक्त तिवारीविरुद्ध भ्रष्टचार मुद्दा


काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तिवारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


आयोगले बिहीबार विशेष अदालत काठमाडौंमा उनीविरुद्ध १० करोड ५४ लाख ९५ हजार ८७१ रूपैयाँ गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको हो ।


उक्त रकमको स्रोत खुलाउन नसकेपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: ३ बैशाख २०८३, बिहिबार  १८ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।