कोरियाबाट फर्किएका कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख डलर सहयोग


काठमाडौँ । कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका) ले दक्षिण कोरियाबाट फर्किएका नेपाली आप्रवासी कामदारको पुनःएकीकरणमा सघाउन २५ लाख अमेरिकी डलर बराबरको वित्तीय सहायता उपलब्ध गराउने भएको छ ।

कोइकाले आज जारी गरेको विज्ञप्तिअनुसार कोरियबाट स्वदेश फर्किएका आप्रवासीको पुनःएकीकरणका लागि चरणगत सहयोग प्रणाली सुदृढीकरण परियोजना कार्यान्वयन गर्न उक्त रकम प्रदान गरिएको हो ।

कोरियाबाट फर्किएकाहरूलाई वित्तीय समस्या हुन नदिन तथा उनीहरूलाई उद्यममा व्यस्त राख्न कोरियामा आर्जन गरेको सीप र अनुभवलाई उपयोग गरी स्थानीय आर्थिक विकासमा टेवा पु¥याउनु परियोजनाको लक्ष्य हो ।

प्रकाशित मिति: ४ बैशाख २०८३, शुक्रबार  ११ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।