पचास प्रतिशत हकप्रद बिक्री गरेकोे मिथिला लघुवित्तको नाफा शतप्रतिशत बढ्यो

0
Shares

मिथिला लघुवित्तले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्म अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा शतप्रतिशत खुद नाफा बढाएको छ।

अघिल्लो आर्थिक वर्ष ९५ लाख ८७ हजार खुद नाफा कमाएको लघुवित्तले गत आर्थिक वर्षमा १ करोड ९१ लाख रुपैयाँ कमाएको छ।

लघुवित्तले २४ करोड ९४ लाख निक्षेप संकलन गरेर ९४ करोड ८२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । लघुवित्तको सञ्चालन नाफा र खुद ब्याज आम्दानी पनि बढेको छ।

लघुवित्तले खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा ३४.२७ प्रतिशतले बढाएर ५ करोड ८७ लाख रुपैयाँ पुर्याएको छ भने सञ्चालन नाफा ११३.५० प्रतिशतले वृद्धि गरेको छ।

लघुवित्तले ५० प्रतिशत हकप्रद बिक्री चुक्ता पूँजी ९ करोड ८९ लाख रुपैयाँ पुर्याएको छ भने जगेडा कोष १ करोड ६ लाख रुपेयाँबाट ४ करोड ७८ लाख रुपैयाँ पुर्याएको छ ।

लघुवित्तको खराब कर्जा अनुपात २.३३ प्रतिशतमा झरेको छ। प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३८ पैसा रहेको लघुवित्तको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३९ पैसा र मुल्य आम्दानी अनुपात ४.७६ गुणा छ।