फोनेपेको सीईओमा दिवस कुमार पुनः नियुक्त


काठमाडौँ । फोनेपे पेमेन्ट सर्भिस लिमिटेड (फोनेपे) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिवस कुमारलाई थप चार वर्षका लागि पुनः नियुक्त गरेको छ ।

सन् २०२१ देखि फोनेपेको नेतृत्व सम्हाल्दै आएका कुमारसँग बैंकिङ प्रविधि, इलेक्ट्रोनिक भुक्तानी पूर्वाधार तथा फिनटेक क्षेत्रमा २० वर्षभन्दा बढीको अनुभव रहेको छ । उनी फोनेपेको प्रारम्भिक टोलीका सदस्यसमेत हुन् । उनले प्रमुख प्रविधि अधिकृत (सीटीओ) को भूमिकाबाट कम्पनीको प्रविधिगत आधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याएका थिए ।

सीईओको जिम्मेवारी सम्हालेपछि कुमारको नेतृत्वमा फोनेपेले उल्लेखनीय वृद्धि हासिल गरेको छ ।

प्रकाशित मिति: ८ बैशाख २०८३, मंगलबार  ०८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।