बीमा प्राधिकरणले सार्वजनिक गर्यो ३७ बीमा कम्पनीको अद्यावधिक विवरण, कुन कम्पनीको चुक्ता पुँजी कति ? (सूचीसहित)


काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ३७ बीमा कम्पनीको अद्यावधिक विवरण सहितको सूची सार्वजनिक गरेको छ ।

प्राधिकरणले बीमा ऐन, २०७९ को दफा ३५ को प्रावधान बमोजिम २०८२ चैत मसान्तसम्मको तथ्याङ्कलाई समेटेर यो सूची सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार देशभर १४ वटा जीवन बीमा कम्पनी रहेका छन् भने निर्जीवन कम्पनी पनि १४ वटै रहेका छन् ।
यस्तै २ वटा पुनर्बीमा कम्पनी र ७ वटा लघुबीमा कम्पनीहरू रहेका छन् ।

बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको लागि ५ अर्ब, निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब, पुनर्बीमा कम्पनीको २० अर्ब र लघु बीमा कम्पनीको ७५ करोड न्यूनतम चुक्ता पुँजी निर्धारण गरेको छ ।

जीवन बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ९ अर्बभन्दा माथि रहेको छ भने अन्य कम्पनीहरूको ५ अर्ब आसपास नै रहेको ।प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक तथ्यांक अनुसार राष्ट्रिय जीवन बिमा कम्पनीको चुक्त पुँजी सबैभन्दा कम १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ ।

यस्तै, निर्जीवन बीमातर्फ शिखर इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ९२ करोड ३० लाख ९९ हजार रुपैयाँ रहेको छ । जुन सबैभन्दा धेरै हो । सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ३९ हजार रहेको छ ।

प्रकाशित मिति: ९ बैशाख २०८३, बुधबार  १२ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।