निर्जीवन बीमा कम्पनीहरुको नाफा बढ्यो, २२ लाख ९ हजार ९८६ वटा बीमा पोलिसी बिक्री

Life insurence companies new business

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको चैत महिनामा ४ अर्ब ८७ करोड रुपैयाँ बढीको व्यापार गरेका छन् ।

नेपाल बीमा प्राधिकरणले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार चैत महिनामा मात्र १४ वटा निर्जीवन बीमकले ३ लाख ४७ हजार ८७२ वटा बीमालेख जारी गरेर ४ अर्ब ८७ करोड ९६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

अघिल्लो वर्षको तुलनामा समीक्षा महिनामा कम्पनीहरुको व्यापार १८.९८ प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षको चैतमा कम्पनीहरुले २ लाख ९१ हजार ७७६ वटा बीमालेख जारी गरेर २ अर्ब ९१ करोड ७७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।

अघिल्लो वर्षको तुलनामा चालु वर्षको चैतमा १० वटा बीमकको व्यापार बढेको छ भने ४ वटा बीमकको घटेको छ । चैतमा युनाइटेड अजोड इन्स्योरेन्स सर्वाधिक व्यापार भित्र्याउने र वृद्धि दरका हिसाबले अगाडि रहेको छ ।

चालु आर्थिक वर्षको चैतमा युनाइटे अजोड इन्स्योरेन्सले ६० करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा चैतमा कम्पनीको व्यापार १३४.८१ प्रतिशतले बढेको हो ।

अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले २५ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

यसैगरी चैत महिनामा दोस्रो धेरै व्यापार भित्र्याउनेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । चैतमा यो कम्पनीले ५३ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार भने ७.०५ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष चैतमा कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

चालु आर्थिक वर्षको चैतमा तेस्रो धेरै व्यापार ल्याउनेमा ओरिएन्ट इन्स्योरेन्स रहेको छ । अघिल्लो वर्षको चैत कम्पनीले ४५ करोड १० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा समीक्षा अवधिमा ७.११ प्रतिशतले बढेर ४८ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै चालु वर्षको चैतमा एनएलजी इन्स्योरेन्सले ४७ करोड ८० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । जुन गत वर्षको भन्दा ७३.६० प्रतिशतले बढी हो ।

यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ४६ करोड ३९ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ४१ करोड ८६ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सले ४१ करोड ५८ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३३ करोड ३६ लाख रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

चैतमा सानिमा जीआईसी इन्स्योरेन्सले २९ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १७ करोड २५ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १५ करोड ३९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी, नेसनल इन्स्योरेन्सले ११ करोड २५ लाख रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ८ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});

यता, आर्थिक वर्ष २०८२ ÷८३ को चैत महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल साढे ३६ अर्ब माथि बीमाशुल्क संकलन गरेका छन् । यी कम्पनीहरुले यस अवधिसम्म २२ लाख ९ हजार ९८६ वटा बीमा पोलिसी बिक्री गरी कुल ३६ अर्ब ५८ करोड २० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ८३ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७४ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ३ अर्ब १२ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

त्यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ भने एनएलजी इनस्योरेन्स कम्पनीले ३ अर्ब १ करोड रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ७२ करोड रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले २ अर्ब ५६ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

यता, ओरिएन्टल इन्स्योरेन्स कम्पनीले २ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले २ अर्ब ८ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ६६ करोड रुपैयाँ कुल बीमाशुलक संकलन गरेको छ ।

यस्तै, प्रभु इन्स्योेरेन्स कम्पनीले १ अर्ब ३६ करोड रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १४ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ९८ करोड १२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार  १२ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।