नेपाल टेलिकमको समर अफर सार्वजनिक


काठमाडौँ । नेपाल टेलिकमले समर अफर अन्तर्गत विभिन्न आकर्षक भ्वाइस तथा डाटा प्याकेज सार्वजनिक गरेको छ।

अफरअन्तर्गत प्रिपेड मोबाइलका प्याकेज अवधि अब तीस दिन कायम गरिएको छ भने भ्वाइस प्याक सबै नेटवर्कमा कल गर्न मिल्ने सुविधासहित उपलब्ध गराइएको छ। कम्पनीले डाटा तथा कम्बो प्याकेजलाई पनि थप आकर्षक बनाएको जनाएको छ।

यस योजनामा अनलिमिटेड भ्वाइस, पर्याप्त डाटा र सन्देश सुविधासहित विभिन्न मूल्यका प्याकेज समावेश छन्। साथै दैनिक र मासिक डाटा प्याकेज, नाइट प्याक, कम्बो प्याक तथा अन्य सेवा विकल्पहरू पनि उपलब्ध गराइएको छ।

समर अफर बैशाख ११ गतेदेखि लागू हुने कम्पनीले जनाएको छ। ग्राहकले मोबाइलबाट कोड डायल गरी वा नेपाल टेलिकमको एप प्रयोग गरेर प्याकेज सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन्।

प्रकाशित मिति: १० बैशाख २०८३, बिहिबार  १५ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।