काठमाण्डौं । नेपालको पहिलो आधुनिक सुरुङमार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । २ हजार ६८८ मिटर लम्बाइको उक्त सुरुङमार्ग सञ्चालनमा आएसँगै राजधानी प्रवेश गर्ने तथा राजधानीबाट बाहिरिने सवारी साधनको चाप व्यवस्थापनमा सहज हुने विश्वास लिइएको छ ।
जापान सहयोग नियोग (जाइका) को सहुलियतपुर्ण ऋण सहयोगमा निर्माण सम्पन्न भएको सुरुङमार्गको भौतिक प्रगति ९९.५ प्रतिशत सम्पन्न भइसकेको छ । यस सुरुङमार्गको सञ्चालन तथा व्यवस्थापनका लागि चिनीयाँ कम्पनी छनौट भइसकेको छ ।
अबको केही दिनमा नै उक्त कम्पनीलाई सुरुङमार्ग सञ्चालनका लागि हस्तान्तरण गर्ने तयारी छ । हस्तान्तरणसँगै सुरुङमार्गको प्राविधिक तथा समग्र क्षेत्रको्र अन्तिम सञ्चालन परीक्षण पुरा गरेर सञ्चालनमा आउने सुरुङमार्ग कस्तो छ त ? आउनुहोस् नोटबजारकर्मी अर्चना न्यौपाने र अर्जुन पौडेलले तयार गरेको स्थलगत रिपोर्टिङको यो भिडियो सामग्री हेरौं ।












प्रतिक्रिया