ओप्पो ए सीक्स एक्स अब नेपालमा उपलब्ध, कति पर्छ मूल्य ?


काठमाडौँ । ओप्पो ए सीक्स एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा उपलब्ध भएको छ । दैनिक प्रयोगलाई लक्षित गर्दै ल्याइएको यो स्मार्टफोनले टिकाउपन, सहज प्रदर्शन र लामो समय टिक्ने ब्याट्री क्षमताको सन्तुलित संयोजन प्रदान गर्ने कम्पनीले जनाएको छ ।

भित्री तथा बाहिरी दुवै वातावरणमा सहज रूपमा प्रयोग गर्न मिल्ने व्यावहारिक सुविधाहरू समेटिएकाले यो फोन विभिन्न प्रकारका प्रयोगकर्ताका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ ।

यस डिभाइसमा ६ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ भने आइस ब्लु र प्लम पर्पल गरी दुई भिन्न रंगहरुमा बजारमा आएको छ । ६.७५ इन्चको एचडी प्लस अल्ट्रा ब्राइट डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट रहेको छ, जसले स्मूथ र स्पष्ट दृश्य अनुभव प्रदान गर्छ । म्याट फिनिससहितको स्लिक डिजाइनले फोनलाई प्रिमियम लुकका साथै सहज ग्रिप पनि प्रदान गरेको छ ।

टिकाउपनलाई ध्यानमा राख्दै यसमा आईपी ६४ स्तरको धुलो तथा पानीबाट जोगिने क्षमता समावेश गरिएको छ । ‘स्प्ल्यास टच’ सुविधाका कारण स्क्रिन भिजेको अवस्थामा पनि सहज रूपमा प्रयोग गर्न सकिन्छ भने ग्लोभ टच सुविधाले पञ्जा लगाएर पनि सहज प्रयोग गर्न सकिने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

उक्त फोन स्न्यापड्रागन ६८५ (६ नानोमिटर) प्रोसेसरबाट सञ्चालित छ, जसले दैनिक रुपमा हुने धेरै कार्य र सामान्य प्रयोगका लागि प्रभावकारी प्रदर्शन दिनुका साथै यूएफएस २.२ स्टोरेज प्रयोग गरिएको छ, जसले डेटा स्थानान्तरण र एप सञ्चालनलाई छिटो बनाउने कम्पनीको दाबी छ ।

कलरओएस १५ मा आधारित यो फोनले सहज र प्रयोगकर्ता–मैत्री अनुभव प्रदान गर्ने र आउटडोर मोड २.०, चोरी सुरक्षा तथा ४८ महिनासम्मको फ्लुएन्सी संरक्षण जस्ता अतिरिक्त सुविधाहरू पनि समावेश गरेको कम्पनीले जनाएको छ ।

उक्त फोनको मूल्य रु ३२ हजार ४९९ तोकिएको छ । सार्वजनिक अफर अन्तर्गत ग्राहकहरूले खरिद गरेको एक महिनाभित्र दुई महिनासम्म मान्य हुने साट्ने सुविधा सहितको ग्यारेन्टी पाउनेछन र यो अफर असार १० गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति: ११ बैशाख २०८३, शुक्रबार  १७ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।