काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको प्रतिसेयर आम्दानी बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफासम्गै प्रतिसेयर आम्दानी पनि बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले २ अर्ब १ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०।७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
यता, कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ४९ पैसा बढेर १७ रुपैयाँ ६२ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ७३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २२.२५ गुणा रहेको छ।
यता, बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.०४ प्रतिशतले बढेर १७ अर्ब २६ करोड ८९ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी १७.४५ प्रतिशतले बढेर १ अर्ब ४० करोड ९५ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ८.२५ प्रतिशतले बढेर ८ अर्ब ८३ करोड २३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २३.४५ प्रतिशतले बढेर २ अर्ब ९४ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।
बैंकको इम्पेरमेन्ट चार्ज घटेर २ अर्ब ३ करोड ५४ लाख रुपैयाँमा सीमित भएसँगै सञ्चालन मुनाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९९ करोड ९४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २० रुपैयाँ ९८ पैसा रहेको छ।
बैंकले चैत मसान्तसम्ममा ३ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। साढे ३ अर्ब रुपैयाँको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी १८ अर्ब २९ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा १७ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ।












प्रतिक्रिया