काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको नाफा १४ करोड ३ लाख रुपैयाँमा सीमित भएको हो ।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी घटेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.७८ प्रतिशतले घटेर ६ अर्ब ३० करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ भने खुद फि तथा कमिश आम्दानी ८.५३ प्रतिशतले बढेर १ अर्ब ५ करोड ७ लाख रुपैयाा पुगेको छ ।
यता, बैंकको कुल सञ्चालन आम्दानी १६.४५ प्रतिशतले घटेर ७ अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ भने सञ्चालन मुनाफा ४७.८६ प्रतिशतले घटेर ६७ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ५ करोडबाट घटेर २ अर्ब ९१ करोड रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ पैसा घटेर १ रुपैयाँ २५ पैसामा झरेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १३ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक रहेको छ । सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २९२.०४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ९७ पैसा रहेको छ ।
बैंकले तेस्रो त्रैमासको अन्त्यसम्ममा ३ खर्ब ३४ अर्ब ३७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १० अर्ब ८८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ ।












प्रतिक्रिया