काठमाडौँ । अटोमोवाइल वस्तुमा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने विषयमा भन्सार विभाग र नाडाबीच छलफल भएको छ।
नाडाको प्रतिनिधिमण्डलले भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीसँग भेट गरी उक्त व्यवस्थाको कार्यान्वयनका चुनौतीबारे ध्यानाकर्षण गराएको हो। छलफलमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारीमा समस्या नरहे पनि स्पेयर पार्टसमा व्यवहारिक कठिनाइ रहेको बताइएको छ।
भन्सार यार्डमै स्टिकर टाँस्ने व्यवस्था पनि अव्यवहारिक हुने नाडाको भनाइ छ। महानिर्देशक भण्डारीले भने व्यापार सहजीकरण र राजश्व वृद्धिलाई ध्यानमा राख्दै व्यावहारिक समाधान खोजिने बताएका छन्।
छलफलमा हालै जारी भन्सार जाँचपास सम्बन्धी सूचना तथा वस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य उल्लेख गर्ने व्यवस्थाबारे पनि कुराकानी भएको थियो।












प्रतिक्रिया