काठमाडौँ । एन आई सी एशिया बैंकले आफ्ना ग्राहकहरुलाई खातामा स्थायी लेखा नम्बर (प्यान) र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ।
बैंकका अनुसार आयकर ऐन २०५८ बमोजिम करकट्टीको विवरण आन्तरिक राजश्व विभागको प्रणालीमा समावेश गर्न प्यान अनिवार्य भएकाले ग्राहकहरुले यथाशीघ्र प्यान अद्यावधिक गर्नुपर्नेछ। ग्राहकहरुले बैंकको अनलाइन पोर्टल, मोबाइल बैंकिङ एप वा नजिकैको शाखा कार्यालयमार्फत प्यान अद्यावधिक गर्न सक्नेछन्।
प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण स्वतः प्रणालीमा समावेश भई कर प्रमाणपत्र प्राप्त गर्न सहज हुने बैंकले जनाएको छ। प्यान अद्यावधिक नगरेमा करसम्बन्धी विवरणमा समस्या आउन सक्ने र त्यसको जिम्मेवारी बैंकले नलिने स्पष्ट गरिएको छ।
यसैगरी, बैंकले ग्राहकहरुलाई आफ्नो खातामा ईमेल ठेगाना पनि अद्यावधिक गर्न आग्रह गरेको छ। ईमेल अद्यावधिकका लागि अनलाइन सेवा वा शाखा कार्यालयमार्फत आवेदन दिन सकिने व्यवस्था रहेको छ।
बैंकले कुनै समस्या परेमा नजिकैको शाखा कार्यालय वा ग्राहक सम्पर्क केन्द्रमार्फत सहयोग लिन पनि अनुरोध गरेको छ।












प्रतिक्रिया