काठमाडौँ । चितवन जिल्लाको भरतपुरस्थित भाटभटेनी सुपर स्टोर शुक्रबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा क्षतीग्रस्त बनेको उक्त स्टोरमा शुक्रबारदेखि नियमित रूपमा सेवा सुरु हुने भएको हो ।
स्टोर दैनिक बिहान १० बजेबाट नियमित रूपमा सञ्चालन हुनेछ। ग्राहकहरूको सुविधा र सहज खरिद अनुभवलाई ध्यानमा राख्दै स्टोरलाई पुनः सक्रिय बनाइएको हो। भाटभटेनी सुपर स्टोर देशभरका प्रमुख रिटेल चेनमध्ये एक मानिन्छ, जसले ठूलो मात्रामा उपभोक्ता सामग्री एकै स्थानमा उपलब्ध गराउँदै आएको छ।











प्रतिक्रिया