काठमाडौँ मेरियट होटलको सातौं वार्षिकोत्सव सम्पन्न


काठमाडौँ । काठमाडौँ स्थित मेरियट होटलले आफ्नो सातौं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ। कार्यक्रममा विशिष्ट अतिथि, ग्राहक, ट्राभल एजेन्ट तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

होटलले स्थापना कालदेखि नै नेपालको संस्कृति, आतिथ्यता र सेवाको उच्च मापदण्डलाई प्राथमिकता दिँदै आएको जनाएको छ। वार्षिकोत्सवका अवसरमा दिगोपना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै पाहुनाहरूलाई बिरुवा वितरण गरिएको थियो भने कलाकारका कलाकृतिहरू पनि प्रदर्शन गरिएको थियो।

होटलले नेपाललाई अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा स्थापित गर्ने लक्ष्यसहित विभिन्न पहलहरू अघि बढाउँदै आएको बताएको छ। सात वर्षको अवधिमा मेरियट होटल देशकै प्रमुख लक्जरी आतिथ्य गन्तव्यका रूपमा स्थापित भएको दाबी गरिएको छ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार  १६ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।