चितवन अटो शोमा फोटोनको विशेष अफर


काठमाडौँ । फोटोन नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले चितवन अटो शोमा विशेष कमर्शियल मोबिलिटी अफर सार्वजनिक गर्ने भएको छ। कम्पनी वैशाख १७ देखि २१ गतेसम्म भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुने जनाएको छ।

कम्पनीका अनुसार शोमा ईभी भ्यान तथा पिकअप सेग्मेन्टका विभिन्न सवारी साधनहरू आकर्षक अफरसहित प्रदर्शन गरिनेछन्। फोटोन हाइ रूफ र लो रूफ ईभी भ्यानसँगै सोकोन ईभी भ्यानमा विशेष उपहार, नगद बोनस तथा अन्य सुविधाहरू उपलब्ध गराइनेछन् भने नगद छुट कार्यक्रमस्थलमै घोषणा गरिनेछ।

त्यसैगरी फोटोन टीएम वान र पिकअप मोडलहरूमा पनि नगद छुट, शून्य प्रतिशत ब्याजदर सुविधा तथा गिफ्ट ह्याम्पर उपलब्ध गराइने कम्पनीले जनाएको छ।

कम्पनीले देशभर रहेको चार्जिङ स्टेशन, अफ्टर(सेल्स सेवा तथा स्पेयर पार्ट्स उपलब्धताले ग्राहकलाई दीर्घकालीन सेवा सुनिश्चित गर्ने विश्वास व्यक्त गरेको छ। फोटोन नेपालले चितवन तथा आसपासका ग्राहकलाई स्टलमा उपस्थित भई विशेष अफरको लाभ लिन आग्रह गरेको छ।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।