आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी अर्याललाई


काठमाडौँ । आन्तरिक राजस्व विभागको निमित्त महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई दिएको छ । उपमहानिर्देशक अर्याललाई महानिर्देशकको अधिकार प्रयोग गर्ने गरी निमित्त महानिर्देशकको जिम्मेवारी तोकिएको हो ।

केही दिनअघि सरकारले गरेको सहसचिवहरूको सरुवामा तत्कालीन महानिर्देशक मदन दाहाललाई प्रदेशतर्फ सरुवा गरेसँगै उक्त पद रिक्त रहेको थियो ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार  १८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।