पृथ्वी राजमार्गको पश्चिम खण्डमा कालोपत्र सकियो


तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत जामुनेदेखि पोखराको पृथ्वीचोकसम्मको ३९ किलोमिटर खण्ड कालोपत्र पूरा भएको छ ।

मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) की इन्जिनियर सहनशिला कायस्थका अनुसार विजयपुर क्षेत्रको करिब ३५० मिटरमा दुई ‘लेन’बाहेक सबैतिर चार लेन कालोपत्र भएको छ । ‘सर्भिस लेन’ निर्माण जारी छ ।

सेतीमा ‘सिग्नेचर’ पुल धमाधम बन्दै

सेती नदीमा एक अर्ब सात करोड रुपैयाँ लागतमा चार लेनको ‘सिग्नेचर’ पुल निर्माण पनि धमाधम भइरहेको छ । चिनियाँ कम्पनीले यसैवर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । एसियाली विकास बैंकसँग ऋण लिएर मुग्लिन–पोखरा सडक विस्तार गरिएको हो ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार  १० : ३६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।