भरतपुर । चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सद्वारा सञ्चालित सिजी डिजिटलले नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई मध्यनजर गर्दै स्मार्ट जीवनशैलीतर्फको नयाँ अध्याय सुरू गरेको छ ।
समयको अभाव, सुविधाप्रति बढ्दो अपेक्षा र प्रविधिप्रतिको झुकावले आजको उपभोक्तालाई केवल उत्पादन होइन, सजिलो निर्णय र विश्वसनीय समाधान खोज्ने बनाएको छ। सिजी डिजिटलले यही परिवर्तनलाई केन्द्रमा राखेर किनमेल अनुभवलाई पुनःपरिभाषित गर्ने प्रयास गरिरहेको छ।
एउटै उत्पादनका लागि विभिन्न ठाउँ पुग्नुपर्ने बाध्यता र पर्याप्त जानकारीको अभावले उपभोक्तालाई असहज बनाइरहेको थियो । तर, अहिले, उपभोक्ता व्यवस्थित, पारदर्शी र एकीकृत किनमेल अनुभवतर्फ आकर्षित भइरहेको स्पष्ट देखिन्छ। सिजी डिजिटलले यही आवश्यकता बुझ्दै, एकै छानामुनि बहु९ब्रान्ड समाधान प्रस्तुत गरेको छ, जसले निर्णय प्रक्रियालाई सहज, स्पष्ट र विश्वसनीय बनाउँछ।
हाल देशभर सञ्चालनमा रहेका २८ वटा सिजी डिजिटल र एलजी ब्रान्ड शप शोरुममार्फत उपभोक्ताले एलजी, सिजी, टिसिएल, गोजरेज, माइडिया, क्रम्पटन, बेको, सेन्सेइ, केन्ट, इलिका, सिजी मेडेरिया, ब्लाक प्लस डेकोर र बर्लीजस्ता विश्वसनीय ब्रान्डहरूका साथै नर्थिङ, मोटोरोला र एआई प्लसजस्ता मोबाइल ब्रान्डहरूसमेत एउटै प्लेटफर्ममा अनुभव गर्न सकिरहेका छन्। यसले केवल विकल्पको विविधता मात्र होइन, गुणस्तर, प्रामाणिकता र दीर्घकालीन विश्वासको आधार पनि निर्माण गर्छ । बहु(ब्रान्ड उपस्थिति हुँदा उपभोक्ताले आफ्नै आवश्यकता, बजेट र प्राथमिकता अनुसार उपयुक्त छनोट गर्न सहजता पाउँछन्।
सिजी डिजिटलले किनमेललाई केवल उत्पादन किन्नेसम्म सीमित नराखी, समग्र अनुभवमा रूपान्तरण गर्ने प्रयास गरेको छ। सहज छनोट प्रक्रिया, स्पष्ट जानकारी, ग्राहककेन्द्रित मार्गदर्शन, घरमै निःशुल्क डेलिभरी र बिक्रीपछिको सेवाप्रति प्रतिबद्धताले उपभोक्ताको समय बचत गर्नुका साथै किनमेललाई झन्झटमुक्त बनाउँछ।
विशेषगरी व्यस्त जीवनशैलीमा, यस्ता सुविधाहरूले निर्णयलाई छिटो, सहज र विश्वसनीय बनाइरहेका छन्, जहाँ उपभोक्ताले केवल सामान होइन, आत्मविश्वास सहितको छनोट प्राप्त गर्छन् ।
नेपालभर विस्तार हुँदै गएको सिजी डिजिटलको नेटवर्कले आधुनिक खुद्रा प्रणाली अब सीमित क्षेत्रमै मात्र केन्द्रित नभई, देशभर फैलिँदै गएको संकेत दिन्छ। यसले उपभोक्तालाई स्थानअनुसार फरक अनुभव होइन, समान स्तरको सेवा, पहुँच र विश्वास उपलब्ध गराउने दिशामा महत्त्वपूर्ण कदम चालेको देखिन्छ। यस्तो विस्तारले ग्रामीण तथा अर्ध(सहरी क्षेत्रका उपभोक्तालाई पनि संगठित र गुणस्तरीय किनमेल अनुभवसँग जोड्ने अवसर सिर्जना गरेको छ।












प्रतिक्रिया