उद्योग वाणिज्य महासंघकी वहालवाला एशोसिएट उपाध्यक्ष श्रेष्ठलाई हराउँदै पाण्डेले निकाले जित


नेपाल उद्योग वाणिज्य महासंघकी हालकी एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठलाई हराउँदै प्रबलजंग पाण्डेले एशोसिएट उपाध्यक्ष पदमा जित हासिल गरेका छन् । मंगलबार सम्पन्न महासंघको ६० औं वार्षिक साधारण सभा तथा निर्वाचनका क्रममा पाण्डले बहालवाला उपाध्यक्ष श्रेष्ठलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् ।

बुधबार सार्वजनिक अन्तिम मत परिणाम अनुसार पाण्डले श्रेष्ठलाई ३२९ मतले पराजित गरेका हुन् । प्राप्त मत नतिजा अनुसार पराजित भएकी श्रेष्ठले ७५० मत ल्याउँदा जित हासिल गरेका पाण्डले १०७९ मत प्राप्त गरेका छन् ।

अध्यक्ष पदमा निर्वाचन नहुने व्यवस्थाका बीच पछिल्लो विधान संशोधन वरिष्ठ उपाध्यक्ष पद खारेज गरेसँगै यस पटक उपाध्यक्ष पदमा मात्र निर्वाचन भएको थियो । जसमा जिल्लानगरतर्फ दुई उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिल सुन्दर श्रेष्ठले नित हासिल गरेका छन् । शर्माले ८७ मत प्राप्त गर्दा श्रेष्ठले ८० मत ल्याएका हुन् भने जित हासिल गर्न नसकेका उमेश डालमीयले ५७ र कल्पना गैरेले ३४ मत पाएका छन् ।

वस्तुगत संघतर्फको उपाध्यक्षमा नरेशलाल श्रेष्ठ निर्वाचित भएका छन् । उनले अर्का प्रत्यासी शिवप्रसाद घिमिरे लाई ३ मतले हराएका हुन् । श्रेष्ठले ६३ मत ल्याउँदा घिमिरेले ६० मत पाएका थिए ।

अध्यक्ष पदमा भने बरिष्ठ उपाध्यक्ष स्वतहः अध्यक्ष हुने साविकको प्रावधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतहः अध्यक्ष बनेका छन् । पछिल्लो पटक भएको विधान संशोधन अनुसार आगामी निर्वाचनमा भने अध्यक्ष पदका लागि प्रतिष्पर्धा हुनेछ भने वरिष्ठ उपाध्यक्ष पद खारेज गरिएको छ ।

विभिन्न समूहअन्तर्गत उपाध्यक्षसहित नयाँ कार्यसमिति चयन भएको महासंघ निर्वाचनको अन्तिम नतिजा यस्तो छ ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार  १६ : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।