राष्ट्रिय परिचय पत्रको सेवा आंशिक रुपमा अवरुद्ध, प्रणालीमा आयो समस्या


काठमाडौँ । राष्ट्रिय परिचयपत्रको सेवा आंशिक रुपमा अवरुद्ध भएको छ ।

मंगलबार (हिजो) देखि परिचयपत्र व्यवस्थापन सुचना प्रणालीमा प्राविधिक समस्या आएकोले मर्मतकार्य पुरा नभएसम्म सेवा अवरुद्ध भएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जानकारी दिएको हो ।

मर्मत कार्य पुरा नभएसम्म नयाँ इनरोल गर्दा आउने राष्ट्रिय परिचयपत्र नम्बरलाई प्रणालीले गर्ने सेवा अवरुद्ध भएको विभागले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

मर्मत अवधिभरि राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने, जन्म दर्ता गर्दाका परिचयपत्र नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ता नविकरण गर्दा रुजु हुने सेवा र राष्ट्रिय परिचयपत्र व्यवस्थापन सुचना प्रणालीसँग अन्तरआवबद्धता भएका अन्या सबै सार्वजनिक सेवाहरू अवरुद्ध हुने विभागले जनाएको छ ।

प्रकाशित मिति: २३ बैशाख २०८३, बुधबार  १६ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।