नारायणगढ-मुग्लिन सडक खुल्यो


चितवन । सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको हो । इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार  ०८ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।