काठमाडौँ । साताभरिको कारोबारमा सेयर बजार परिसुचक (नेप्से) ६.९३ अंकले बढेर २७४५.६५ विन्दुमा कायम भएको छ । यो साता ५ कारोबार दिनमा नेप्से ३ कारोबार दिन बढेको हो भने २ कारोबार दिन घटेको हो ।
गत साताको अन्तिम कारोबार दिन शुक्रबार २८३८.७२ बिन्दुमा कायम भएको नेप्से यो साताको पहिलो कारोबार दिन सोमबार ३४.६३ अंक घटेर २७०४.०८ विन्दुमा झरेको थियो ।
सोमबार ३४१ कम्पनीका १ करोड ७४ हजार ५२४ कित्ता सेयरहरू ६८ हजार ६३५ पटक किनबेच हुँदा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, मंगलबार नेप्से परिसूचक ८.७८ अंक बढेर २७१२.८६ विन्दुमा पुगेको थियो । उक्त दिन ३३५ कम्पनीका ७७ लाख ३४ हजार १२ कित्ता सेयरहरू ६२ हजार २५ पटक किनबेच हुँदा ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार रुपैयाँको कारोबार भएको थियो ।
बुधबार नेप्से १.६४ अंक घटेर २७११.२२ विन्दुमा पुग्दा ३३६ कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता सेयरहरू ४७ हजार ८४१ पटक किनबेच भई ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार ६.९४ अंकले बढेर २७१८.१६ विन्दुमा पुगेको नेप्से साताको अन्तिम कारोबार दिन २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा कायम भई कारोबार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बिहीबार २ अर्ब ९३ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ३ अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
कुन कम्पनीको सेयरमा देखियो उच्च वृद्धि
साताभरिमा सामान्य वृद्धि देखिएको सेयर बजारमा पहिलो कारोबार दिन सोमबार फर्वाड लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले बढेको थियो । उक्त कारोबार दिन झापा इनर्जी करिब ८ प्रतिशतले र सेन्चुरी डेभेन्चर, एनआइसी एशिया ग्रोथ फण्ड र सिभिल बैंक डेभेन्चरको इकाई मूल्य करिब ३ प्रतिशतले बढेको थियो ।
त्यस्तै, मंगलबार अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य ११.१६ प्रतिशतले बढेको थियो भने बुधबार फर्वाड लघुवित्तको सेयर मूल्य १३.७४ प्रतिशतले बढेको थियो । बिहीबार स्वाबलम्बन लघुवित्तको सेयर मूल्य १२.१९ प्रतिशतले बढेको बजारमा शुक्रबार त्रिशुल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
कुन कम्पनीको सेयर मूल्य कति घट्यो ?
सेयर बजारमा पहिलो कारोबार दिन सोमबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब १३ प्रतिशतले घटेको थियो । त्यस्तै, माइखोला हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र श्रीनगर एग्रिटेकको सेयर मूल्य करिब ५ प्रतिशले घटेको थियो ।
मंगलबार करिब १० प्रतिशतले घटेको फर्वाड लघुवित्तको सेयर मूल्य बिहीबार १३.२४ प्रतिशतले घटेको थियो । बुधबार भगवती हाइड्रोपावरको सेयर मूल्य करिब ९ प्रतिशतले घटेको थियो । शुक्रबार स्वाबलम्बन लघुवित्तको सेयर मूल्य करिब ७ प्रतिशतले घटेको छ ।
कुन कम्पनीको कारोबार कति भयो ?
यो साता सबैभन्दा बढी कारोबार रिलायन्स स्पिनिङ मिल्सले गरेको छ । साताको पहिलो कारोबार दिन सोमबार १७ करोड ९९ लाख ७५ हजार रुपैयाँको कारोबार गरेको उक्त कम्पनीले मंगलबार १२ करोड ७८ लाख १३ हजार रुपैयाँको, बुधबार १६ करोड ७ लाख ८५ हजार रुपैयाँको कारोबार गरेको थियो । सो कम्पनी बिहीबार १४ करोड १५ लाख ८४ हजार रुपैयाँको र शुक्रबार १३ करोड ६४ लाख ६० हजार रुपैयाँको कारोबार सहित सातामा सर्वाधिक कारोबार हुने कम्पनी बनेको हो ।
त्यसैगरी, साताको पहिलो कारोबार दिन ३१ करोड ३६ लाख ८९ हजार रुपैयाँको कारोबार गरेको एनआरएन इन्फ्रास्टक्चर कम्पनीको बिहीबार १७ करोड ६८ लाख ३३ हजार रुपैयाँको सेयर कारोबार भएको थियो ।
सोमबार १५ करोड १८ लाख ६४ हजार रुपैयाँको कारोबार गरेको आँखुखोला हाइड्रोपावरले मंगलबार ८ करोड १५ लाख ४० हजार रुपैयाँको कारोबार गरेको थियो ।
मंगलबार १२ करोड ३ लाख ११ हजार रुपैयाँको कारोबार गरेको सोलु हाइड्रोपावर ले बिहीबार ८ करोड ५९ लाख ९१ हजार रुपैयाँको सेयर कारोबार गरेको थियो ।
कुन दिन कति कायम भयो बजार पूँजीकरण ?
साताभरिको कारोबारपछि कुल बजार पूँजीकरण ४६ खर्ब ८२ अर्ब रुपैयाँ कायम भएको छ, जसले समग्र सेयर बजारको आकारमा सुधार आएको पुष्टि गर्छ ।
गत साताको कारोबारको अन्तिम दिन बिहीबार बजार पूँजीकरण ४६ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको थियो । यो साताको पहिलो कारोबार दिन सोमबार कुल बजार पूँजीकरण ४६ खर्ब ११ अर्ब रुपैयाँ कायम भएको थियो । मंगलबार कुल बजार पूँजीकरण ४६ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको थियो भने बुधबार ४६ खर्ब २४ अर्ब रुपैयाँ कायम भएकोमा बिहीबार कुल बजार पूँजीकरण ४६ खर्ब ३५ अर्ब रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया