काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र द म्यासिफ होटल प्राइभेट लिमिटेड बीच संस्थागत परामर्श सेवा अन्तर्गत कम्पनीलाई सार्वजनिक निष्काशनमार्फत सूचिकृत कम्पनी बनाउने उद्देश्यले सम्झौता सम्पन्न भएको छ । सम्झौतामा होटलका अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन् ।
ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप काठमाडौं नामबाट सञ्चालित उक्त पाँचतारे होटलमा ३०८ कोठा तथा आधुनिक सुविधा सम्पन्न संरचना रहेका छन् । सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले कम्पनीलाई निजीबाट सार्वजनिक लिमिटेडमा रूपान्तरण तथा सार्वजनिक निष्काशनको आवश्यक तयारीमा सहयोग गर्नेछ । पूर्वतयारीपछि नियामक निकायबाट अनुमति लिएर सार्वजनिक निष्काशन प्रक्रिया अघि बढाइने जनाइएको छ ।












प्रतिक्रिया