काठमाडौँ । वाणिज्य बैंकहरुको निक्षेपको औसत ब्याजदरमा सामान्य गिरावट आएको छ । २० वटा वाणिज्य बैंकहरूले वैशाखको तुलनामा जेठ महिनामा निक्षेपको औसत ब्याजदर ४.३४३ प्रतिशत कायम गरेका हुन् ।
व्यक्तिगत मुद्दति निक्षेपतर्फको अधिकतम औसत ब्याजदर वैशाखमा ४.४ प्रतिशत रहेको थियो । यता, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत दरमा पनि गिरावट आएको छ । संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत दर ३.२२९५ प्रतिशतबाट झरेर ३.२०४ प्रतिशतमा झरेको हो ।
१२ बैंकहरूले वैशाखकै ब्याजदरलाई जेठमा पनि निरन्तरता दिएका छन् भने सिद्धार्थ बैंकले भने व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ४ प्रतिशतबाट बढाएर ४.०५ प्रतिशत पुऱ्याएको छ।
सिटिजन्स बैंक इन्टरनेशनलले संस्थागत मुद्दति निक्षेपको अधिकतम दरमा ०.५ प्रतिशत को वृद्धि गरेको छ। त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले पनि ब्याजदर घटाएका छन्।
एनआईसी एशिया बैंक, हिमालयन बैंक र नेपाल बैंकले व्यक्तिगततर्फको ब्याजदरमा ०.२५ प्रतिशत कटौती गरेका छन्।













प्रतिक्रिया