एनसीसी बैंकले लाभांश, एफपीओ तथा मर्जरको प्रस्ताव राखेर बोलायो साधारण सभा

0
Shares

एनसीसी बैंकले घोषणा गरेको आर्थिक वर्ष २०७४/०७५ को लाभांश पारित गर्न भाद्र २३ गते सोमबार बीसौं र एक्काईसौ बार्षिक साधारणसभा एक साथ बोलाएको छ ।

बैंकले साधारणसभा बाट आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्न घोषणा गरेको गरेको १५.८९ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

यसअनुसार बैंकले एक अर्ब ११ करोड ५२ लाख ५३ हजार ५२२ रुपैयाँ बोनस र कर प्रयोजनका लागि ५ करोड ८६ लाख ९७ हजार ५५४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

एनसीसी बैंकको हाल चुक्ता पूँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी ८ अर्ब १३ करोड ३८ लाख रुपैयाँ पुग्नेछ  त्यस्तै साधारणसभाले बैंक संचालक समितियको निर्वाचन पनि गर्नेछ ।

साथै कम्पनीले एफपीओ निष्काशनको व्यवस्था गर्ने प्रस्ताव पनि साधारणसभामा लग्ने भएको छ । यसबाट बैंकले भविष्यमा एफपीओ निष्काशन गर्न सक्ने संकेत गरेको छ । धितोपत्र दलाल व्यवसायीको काम गर्ने एजेण्डा पनि साधारण सभाबाट पारित गराउने बैंकले जनाएको छ । यसैगरी साधारणसभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनमा जान पनि मार्ग प्रशस्त गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि बैंकले साउन २६ आइतबार बुक क्लोज गर्ने भएको छ । जस अनुसार साउन २३ गते विहीबारसम्म कायम रहेका शेयरधनीले साधारणसभामा भाग लिन तथा लाभांश पाउनेछन् ।