स्वरोजगार लघुवित्तको नाफा १२० प्रतिशतले बढ्यो, जगेडाकोष झन मजबुत

0
Shares

स्वरोजगार लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्म ८ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा लघुवित्तको नाफा १२० प्रतिशतले बढेको हो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म लघुवित्तले ३ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ब्याज आम्दानी सँगै अन्य सञ्चालन आम्दानीमा सन्तोषजनक सुधार हुदा लघुवित्तको खुद नाफामा बढेको हो ।

चुक्ता पूँजी २६ करोड ९८ लाख रुपैयाँ रहको लघुवित्तको जगेडा कोषमा १२ करोड ५२ लाख रुपैयाँ सञ्चित छ । १२० प्रतिशतले पूँजी बढाएको लघुवित्तको जगेडाकोषमा ८८ प्रतिशत बढी रकम थपिएको छ ।

असार मसान्तसम्ममा एक अर्ब २५ करोड निक्षेप संकलन गरेको लघुवित्तले एक अर्ब ४२ करोड अरु बैंक तथा वित्तीय संस्था मार्फत ऋण गरेर ३ अर्ब एक करोड कर्जा लगानी गरेको छ । जसबाट २० करोड बढी रकम खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ६० प्रतिशत धेरै हो ।

लघुवित्तको निष्कृय कर्जा केही बढेकोे छ । लघुवित्तको खराब कर्जा अनुपात ०.३६ प्रतिशतबाट बढेर ०.८८ प्रतिशतमा पुगेको छ । लघुवित्तको प्रतिशेयर अम्दानी २९ रुपैयाँ ९६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा छ । मूल्य आम्दानी अनुपात १४.७२ गुणाले बढी छ ।