काठमाडौँ । वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ती २० प्रतिशतले बढेको छ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको कर्जा असुली प्रभावकारी नबन्दा गैरबैकिङ सम्पत्ती बढ्न थालेको हो ।
बैंकले धितो राखेर दिएको कर्जा लामो समयसम्म उठाउन नसक्दा धितोमा राखिएको घरजग्गा, सेयर, उद्योग, सवारीसाधन लगायतका सम्पत्ती बैंकले आफ्नो स्वामित्वमा लिदा गैरबैंकिङ सम्पत्ति हो बढ्न थालेको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमास अर्थात् साउनदेखि चैतसम्मको तथ्यांकअनुसार १९ वाणिज्य बैंकमा ४६ अर्ब १० करोड ७४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थुप्रिएको छ । जुन अघिल्लो वर्षको तुलनामा २० प्रतिशतले गैरबैंकिङ सम्पत्ति थपिएको छ ।
अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैंकहरुमा ३६ अर्ब ४१ करोड १४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो ।
कुन बैंकको अवस्था कस्तो ?
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरुमध्ये ७ वटाको गैरबैंकिङ सम्पत्ति घटेको छ भने १२ वटाको बढेको छ । वाणिज्य बैंकहरुमध्ये प्राइम कमर्सिलय बैंक र एनएमबि बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा बढीले बढेको छ ।
ग्लोबल आइएमई, एनआईसी एसिया, नबिल, कुमारी, माछापुच्छ्रे, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकले भने गैरबैंकिङ सम्पत्ति घटाएका छन् ।
चालु आर्थिक वर्षको चैतसम्म सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति हिमालयन बैंकमा रहेको छ । हिमालयन बैंकमा अघिल्लो वर्षको तुलनामा १८.२३ प्रतिशतले गैरबैकिङ सम्पत्ती बढेको छ ।
window.addEventListener(“message”,function(a){if(void 0!==a.data[“datawrapper-height”]){var e=document.querySelectorAll(“iframe”);for(var t in a.data[“datawrapper-height”])for(var r,i=0;r=e[i];i++)if(r.contentWindow===a.source){var d=a.data[“datawrapper-height”][t]+”px”;r.style.height=d}}});गत आवको सोही अवधिसम्म ५ अर्ब १४ करोड ३५ लाख रुपैयाँ रहेको गैरबैकिङ सम्पत्ती अहिले ६ अर्ब ८ करोड १२ लाख रुपैयाँ बराबरको पुगेको छ ।
यसैगरी दोस्रो धेरै गैरबैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकमा रहेको छ । उक्त बैंकमा ५ अर्ब ९२ करोड १८ लाख रुपैयाँ गैरबैकिङ सम्पत्ती रहेको छ । जुन गत आवको तुलनामा १.२७ प्रतिशतले बढी हो ।
यस्तै, तेस्रो प्राइम कमर्सियल बैंकमा ४ अर्ब ९९ करोड ६० लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । अघिल्लो वर्ष तुलनामा बैंकको यस्तो सम्पत्ति १०९.३५ प्रतिशतले बढेको छ ।
यता, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको गैरबैकिङ सम्पत्ती ४८.५५ प्रतिशतले बढेको पाइएको छ । ष्गत आर्थिक वर्ष ४ अर्ब ६२ करोड ८ लाख रुपैयाँ रहेको गैरबैकिङ सम्पत्ती अहिले ३ अर्ब ११ करोड ६ लाख रुपैयाँ पुगेको छ ।
यसैगरी, सिटिजन्स बैंक र कृषि विकास बैंकको गैरबैकिङ सम्पत्ती क्रमशः ५२.३२ र ३७.६१ प्रतिशतले बढेको छ । साउनदेखि चैत मसान्तसम्म उक्त बैंकहरुकोे गैरबैकिङ सम्पत्ती १ अर्ब ५७ करोड र १ अर्ब ३८ करोड रुपैयाँ गैरबैकिङ सम्पत्ती थुप्रिएको छ ।
सबैभन्दा कम गैरबैंकिङ सम्पत्ति नेपाल बैंकमा रहेको देखिएको छ । समीक्षा अवधिसम्म यो बैंकमा २३ करोड ३६ लाख रुपैयाँबराबरको गैरबैंकिङ सम्पत्ति रहेको छ । अघिल्लो वर्षको तुलनामा नेपाल बैंकमा गैरबैंकिङ सम्पत्ति १४.४७ प्रतिशतले बढेको छ ।
के हो गैरबैकिङ सम्पत्ती ?
गैरबैंकिङ सम्पत्ति भनेको बैंक वा वित्तीय संस्थाले आफ्नो मुख्य बैंकिङ कारोबार बाहेक आफ्नो स्वामित्वमा लिन पुगेका सम्पत्ति हुन् ।
सामान्यतया ऋणीले कर्जा तिर्न नसकेपछि धितो लिलाम गर्दा पनि बिक्री नभएमा बैंकले त्यो धितो आफ्नो नाममा ल्याउँछ। त्यसरी लिलामी गर्दा तोकिएको न्यूनतम मूल्यमा त्यस्तो सम्पत्ति तत्कालै बिक्री नभएमा यसलाई बैंक आफैँले सकारेर राख्ने गर्छन् । त्यस्ता जग्गा, घर, सेयर, सवारीसाधन वा अन्य सम्पत्तिलाई गैरबैंकिङ सम्पत्ति भनि बैंकमा गैरबैंकिङ सम्पत्ति धेरै बढ्नु राम्रो मानिँदैन, किनकि यसले कर्जा असुली कमजोर भएको संकेत गर्छ ।










प्रतिक्रिया