प्रतिनिधिसभा बैठक: ऊर्जादेखि महिला उत्थानका विषयसम्म चर्चा


काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले ऊर्जा निर्माणदेखि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्व्यन हुनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा सांसद श्रीराम न्यौपानेले ऊर्जाबिना कुनै पनि विकास निर्माण सम्भव नहुने बताउँदै तत्काल सनसेट ऐन ल्याइ कार्यान्व्यन गर्न आग्रह गरे । सांसद भूमिका सुब्बाले राष्ट्रपति महिला उत्थान कार्यक्रम नीति तथा कार्यक्रममा छुटाउनै नहुने बताए। धनबहादुर बुढाले डिजिटल डोल्पा र पूर्ण इन्टरनेट डोल्पा बनाउन सरकारसमक्ष माग गरे ।

दलीय आधारमा विशेष समय लिएर सांसद आनन्द चन्द, देवराज पाठक, यज्ञबहादुर बोगटी, अम्विकादेवी सङ्ग्रौला, विष्णुबहादुर खड्का, सुलभ खरेलले समेत संसद्मा धारणा राखेका थिए ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार  १४ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।