सिद्धार्थ बैंकले कमायो २ अर्ब ३० करोड नाफा, लाभांश क्षमता कति ?

0
Shares

गत आर्थिक वर्षमा सिद्धार्थ बैंकले २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ ।

बैंकको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत बढी हो ।अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ९० करोड खुद नाफा कमाएको थियो ।

नियामकीय व्यवस्था पश्चात बैंकको वितरण योग्य नाफा एक अर्ब ६५ करोड देखिन्छ । यसबाट बैंकले १८ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने क्षमता राख्छ ।

बैंकले गत असार मसान्तसम्ममा एक खर्ब १४ अर्ब ५३ करोड निक्षेप संकलन गरेर एक खर्ब चार अर्ब ७६ करोड कर्जा प्रवाह गरेकोे छ । बैंकको निक्षेप २१ प्रतिशत तथा कर्जा करिब २६ प्रतिशतले बढेको छ ।

जसबाट बैंकले ९४ प्रतिशत  ब्याज आम्दानी बढाएर ६ अर्ब ६७ करोड आर्जन गरेको छ ।सिद्धार्थले गत आर्थिक वर्षमा ४ अर्ब ६७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब ४३ करोड रुपैयाँ थियो ।

बैंकको चुक्ता पूँजी आठ अर्ब ८८ करोड छ । विभिन्न शिर्षकमा गरेर बैंकको जगेडाकोषमा ६ अर्ब ३४ करोड रकम जम्मा भएको छ । बैंकको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

बैंकको आधार ब्याजदर १०.७५ प्रतिशतमा झरेको छ भने कोषको लागत ७.५४ प्रतिशत छ । समिक्षा अवधिमा खराब कर्जा समेत घटाएर ०.७५ प्रतिशतमा सिमित गरेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ७७ पैसा र मूल्य आम्दानी अनुपात ११.९६ गुणा रहेको छ।