नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च, किन बढ्दै छ भाउ ?

0
Shares

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ६६ हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड बनाएको हो ।

यस्तै तेजाबी सुन पनि प्रतितोला ६६ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुनको मूल्य एकैदिन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुन प्रतितोला ६५ हजार ८०० रुपैयाँ तथा तेजाबी सुन ६५ हजार ५ सय रुपैयाामा खरिद बिक्री भएको थियो । आइतबार चाँदीको मुल्य समेत प्रतितोला २५ रुपैयाँले बढेर प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेकोे छ

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा महासंघले जनाएको छ । लगानीकर्ताहरूले जोखीमयुक्त सम्पत्तीलाई छाडेर सुनलगायत सुरक्षित ठानिने सम्पत्तीमा लगानी गर्न थालेपछी मूल्य बढेको व्यवसायीको भनाई छ ।

त्यस्तै अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार अमेरिकाले आयातित धातुमा लगाएको अतिरिक्त शुल्कका कारण सुनको मूल्य बढेको हो । त्यस्तै कमजोर अमेरिकी आर्थिक वृद्धिदर, ऋणपत्रको न्यून प्रतिफल र कमजोर डलरले पनि सुनको कारोबारलाई प्रभावित पारेको विज्ञहरुको भनाई छ ।

नेपालमा सुनचाँदीमा लगानी गर्न चाहेर पनि निर्धक्कसँग लगानी गर्ने वातावरण नभएको व्यवसायीहरुको गुनासो छ । तस्करी, सम्पत्ती शुद्धिकरणलगायतले गर्दा पनि व्यवसायी डराएका हुन् ।

साथै केन्द्रिीय बैंकले बैंकमा सुन जम्मा गरेर ब्याज पाउने व्यवस्था गरेपछि पनि बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । चालु आर्थिक बर्षको बजेटमा सुनचाँदीको निक्षेपमा ब्याज दिनुपर्ने व्यवस्था गरिएको छ ।