दूध किसानलाई १२ करोड रुपैयाँ


काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

पछिल्लो ४ महिनाकोे करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड भुक्तानी भएको डिडिसीले जनाएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालय, दुग्ध विकास संस्थान (डिडिसी) को सुधारको कार्य योजना ल्याएपछि हाल किसानलाई दैनिक १ करोड भुक्तानी भइरहेको मन्त्रालयले जनाएको छ ।

निजी क्षेत्रका डेरी उद्योगले किसानलाई ३ अर्ब र सरकारी निकाय दुग्ध विकास संस्था (डिडिसी) ले ४६ करोड भुक्तानी गर्न बाँकी रहेको बताइन्छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार  १२ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।