कजारिया रमेश टायल्सको गण्डकीमा विस्तार, दलदलेमा नयाँ शोरुम


काठमाडौँ । कजारिया रमेश टायल्स लिमिटेडले नवलपुरको दलदलेमा नयाँ शोरुम सञ्चालनमा ल्याउँदै गण्डकी प्रदेशमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ । राइनो टायल एण्ड मार्बल ट्रेड लिङ्कद्वारा सञ्चालन गरिएको उक्त शोरुममार्फत कम्पनीका वाल तथा फ्लोर टायल स्थानीय उपभोक्तामाझ उपलब्ध हुनेछन् ।

शोरुमको उद्घाटन कार्यक्रममा कजारिया रमेश टायल्सका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल वर्ल्ड २०२४ आस्मा कुमारी केसी, कम्पनीका प्रतिनिधि तथा व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो ।

कम्पनीका अनुसार नयाँ शोरुममा ग्राहकहरूले विभिन्न डिजाइन, बुट्टा तथा फिनिसिङ भएका टायल प्रत्यक्ष अवलोकन गरी आफ्नो आवश्यकता अनुसार छनोट गर्न सक्नेछन् ।

निर्देशक हिमांशु अग्रवालले कजारियाको गुणस्तरीय तथा आधुनिक डिजाइनका टायलहरू देशभर सहज रूपमा उपलब्ध गराउने लक्ष्यअनुसार बजार विस्तारलाई निरन्तरता दिइएको बताए।

कम्पनीले नेपालभर १०० भन्दा बढी शोरुममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ । कजारियाले विभिन्न आकारका ग्लेज्ड भिट्रिफाइड तथा सेरामिक टायल उत्पादन गर्दै आएको छ, जसलाई टिकाउ, आधुनिक तथा गुणस्तरीय उत्पादनका रूपमा बजारमा चिनिन्छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०८३, बिहिबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।