गणतन्त्र दिवस : पुष्पवृष्टि लगायतका झलक हेर्नुस् ८ तस्बिरमा


काठमाडौँ । आज जेठ १५ । गणतन्त्र दिवस मनाइँदै । आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले गणतन्त्र दिवस मनाइरहेको छ ।

समारोहमा नेपाली सेनाको हेलिकप्टरबाट ‘गणतन्त्र दिवस २०८३’ लेखिएको व्यानर प्रदर्शन र पुष्पवृृष्टि गरिएको थियो । साथै राष्ट्रिय झण्डा फहराइएको र शान्तिको कामना गर्दै परेवा उडाइएका थिए ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरी बलका तर्फबाट ‘मार्चपास’ गरिएको थियो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानीय तहबाट मुलुकको मौलिक कला संस्कृति झल्कने झाँकी प्रस्तुत भएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवं गणतन्त्र दिवस मूल समारोह समितिका अध्यक्ष वालेन्द्र शाह, प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद आर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी छन् ।

त्यसैगरी, मन्त्रिपरिषद्का सदस्य, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सांसद, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, सुरक्षा अङ्गका प्रमुख तथा पदाधिकारी, स्थानीय तहका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, राष्ट्रसेवक कर्मचारी उपस्थित छन् ।

गणतन्त्र दिवस समारोह गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुडिँखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, लगायत विशिष्ट पदाधिकारी । तस्बिरः किरणराज विष्ट/रासस
गणतन्त्र दिवस समारोह काठमाडौँ, १५ जेठः राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार काठमाडौँको टुडिँखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः किरणराज विष्ट/रासस

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  ११ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।