आईसिएफसी फाइनान्सको अधिकांस सूचकमा सुधार, ४१.३३ प्रतिशतले नाफा बढ्यो

0
Shares

आईसिएफसी फाइनान्सले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा अधिकांस सूचकमा सुधार गर्दै लगानीकर्तालाई आश जगाउने वित्तीय विवरण सार्वजनिक गरेको छ ।

व्यवसाय विस्तार गर्दै गएको फाइनान्सको कर्जा, निक्षेपमा बढेको छ । ब्याज आम्दानी संचालन नाफा तथा खुद नाफा बढ्दा प्रतिशेयर आम्दानीमा सुधार आएको छ ।

खराब कर्जा नियन्त्रण गर्न सफल भएको कम्पनीको लागत केहि घटेको छ । तर कर्मचारी खर्च बढेको छ । नेटवर्थमा सुधार आएको कम्पनीको तरलता प्रयाप्ततामा भने केहि कमी आएको छ ।

गत असारसम्म फाइनान्सले १३ करोड ८९ लाख खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ४१.३३ प्रतिशत धेरै हो ।

१० अर्ब भन्दा बढी रकम निक्षेप संकलन गरेको कम्पनीले ८ अर्ब ७१ करोड भन्दा बढी रकम कर्जा प्रवाह गरेको छ । यसबाट उसले ३५ करोड ४६ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ४१.३३ प्रतिशत बढी हो ।

चुक्ता पूँजी ८८ करोड २१ लाख रुपैयाँमा स्थिर रहेको फाइनान्सको जगेडा कोषमा ३५ करोड १४ लाख रुपैयाँ संचित छ। जगेडाकोष ६५ प्रतिशतले बढेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७५ पैसा, प्रतिशेयर नेटवर्थ १३९ रुपैइाँ ८४ पैसा र मूलय आम्दानी अनुपात १०.६६ गुणा बढी छ। फाइनान्सको निष्कृय कर्जा ०.०८ प्रतिशतमा सिमित गरेको छ ।