सिटिजन्स बैकद्वारा USD E-Com कार्डको सुरुवात

0
Shares

सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले USD E-Com कार्डको सुरुवात गरेको छ ।

नेपाल राष्ट्र बैकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो ।

यो सुविधा अन्र्तगत ग्राहकहरुले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी बार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न बैंक समक्ष अनुरोध गर्न सकिनेछ ।

USD E-Com कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान बिबरण अद्मावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ । यस अन्र्तगत ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नुहुनेछ । यो कार्ड प्रयोग गरी एटिएमबा नगद झिक्न तथा पोस मार्फत कारोबार गर्न भने पाइने छैन ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।