आइएमई लाइफ इन्स्योरेन्सको २ करोड ८६ लाख कित्ता सेयरको लकइन अवधि सकिँदै


काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सको २ करोड ८६ लाख कित्ता सेयरको लकइन अवधि असार ३० गते सकिने भएको छ ।

कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक र कर्मचारीको उक्त संख्यामा सेयरको लकइन अवधि सकिन जानकारी गराएको हो। हाल संस्थापक शेयरधनीको २ करोड ८० लाख कित्ता सेयर र कर्मचारीको ६ लाख कित्ता सेयर लकइनमा राखिएको छ।

कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक र कर्मचारीको लकइनमा राख्नुपर्ने प्रावधान छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८३, मंगलबार  ०९ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।