रुरु जलविद्युत परियोजनाको आईपीओ खुल्यो, आईपीओ पाउन भाग्यकै भर

0
Shares

रुरु जलविद्युत परियोजना लिमिटेडले चैत २० गते (आज) देखि सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले ४ लाख ७ हजार ७०६ कित्ता शेयर जारी गरेको हो ।

कुल निष्काशित शेयरमध्ये ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताहरुका लागि खुला हुनेछ ।

यसअनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आइपीओ ३७ हजार ९१४ जनाले गोलाप्रथाबाट १० कित्ता र २ जनाले ११ कित्ता शेयर पाउनेछन् । पछिल्लो समय आइपीओमा १८ लाख बढी आवेदन पर्ने गरेको छ । यसअनुसार कम्पनीको आइपीओ कुल आवेदकको २ प्रतिशत अर्थात एक सय जनामध्ये २ जनाले मात्र पाउनेछन् । कम्पनीको आईपीओ बलियो भाग्य भएका आवेदकले मात्र पाउनेछन् ।

  • चैत २४ गतेसम्ममा आवेदन दिन सकिने

रुरु जलविद्युत परियोजना लिमिटेडको आईपीओमा भर्न चाहने इच्छुक लगानीकर्ताले आईपीओमा चैत २४ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

आईपीओमा मेरो शेयरको मोबाइल एप र वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट भर्न सकिन्छ ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेपनि न्यून निष्काशनको कारण २ प्रतिशत आवेकदले मात्र शेयर पाउने भएकाले एक हजारको लागि १० कित्ताको आवेदन नै प्रयाप्त हुनेछ ।

  • ‘इक्रा एनपी आइआर ट्रिपल बी’ रेटिङ्ग

कम्पनीले सार्वजनिक निष्काशनका लागि इक्रा नेपालबाट रेडिट रेटिङ्ग गराएको छ । इक्रा नेपालले उक्त आईपीओलाई ‘इक्रा एनपी आइआर ट्रिपल बी’ रेटिङ्ग दिएको छ । यो रेटिङ्ग प्राप्त कम्पनीले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । आईपीओ बिक्री पछि कम्पनीको चुक्ता पूँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।

यसअघि कम्पनीले पहिलो चरणमा कम्पनीले फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरमा ४ करोड ७ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको कुल ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० चैत २०७७, शुक्रबार  ०८ : ५० बजे