काठमाडाैँ । यस साता सेयर बजार मापक नेप्से परिसुचक पाँच कारोबार दिनमध्ये एक दिन मात्र बढ्दा समग्रमा ३१.३८ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २७५५.४१ विन्दुमा रहेको नेप्से शुक्रबारसम्म आइपुग्दा २७२४.०३ विन्दुमा झरेको हो ।
साताभरिको कारोबारमा बुधबार मात्र नेप्सेमा सामान्य वृद्धि भएको थियो । उक्त दिन नेप्से २.५७ अंकले बढेको थियो ।
साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेर २७३५.१४ विन्दुमा पुगेको थियो । त्यसपछि मंगलबार पनि बजारमा गिरावट जारी रहँदा नेप्से १.५४ अंकले घटेर २७३३.५९ विन्दुमा कायम भयो । बुधबार भने बजारमा सामान्य सुधार देखियो । उक्त दिन नेप्से २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा पुगेको थियो । तर, यो सुधार लामो समय टिक्न सकेन । बिहीबार नेप्से पुनः ८.१४ अंकले घटेर २७२८.०३ विन्दुमा झर्यो । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि बजार दबाबमा रहँदा नेप्से ४.०० अंकले घटेर २७२४.०३ विन्दुमा कायम भएको छ ।
कुन दिन कतिकाे काराेबार भयाे
साताको पहिलो कारोबार दिन सोमबार ३५६ कम्पनीका ९२ लाख ३६ हजार ६७७ कित्ता सेयर ५६ हजार ८४५ पटक किनबेच हुँदा ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको थियो । उक्त दिन ३५७ कम्पनीका १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर ६३ हजार ७३२ पटक किनबेच हुँदा ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो, जुन साताकै उच्च कारोबार रकम हो ।
बुधबार ३५६ कम्पनीका ९२ लाख ८३ हजार ३२६ कित्ता सेयर ४९ हजार २४८ पटक किनबेच हुँदा ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँको कारोबार भयो । त्यसपछि बिहीबार ३५० कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ५८ हजार ३९१ पटक किनबेच हुँदा ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । साताको अन्तिम कारोबार दिन शुक्रबार ३४२ कम्पनीका ९८ लाख ५६ हजार ५२५ कित्ता सेयर ५४ हजार १७७ पटक किनबेच हुँदा ४ अर्ब ३४ करोड १० लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
साताभर कुल ४ करोड ९९ लाख ८९ हजार ७६१ कित्ता सेयर २ लाख ८२ हजार ३९३ पटक किनबेच हुँदा करिब २२ अर्ब ७ करोड २८ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
साताभरमा कुन कम्पनीको सेयरमा देखियो वृद्धि ?
यो साता सेयर बजारमा दबाब देखिए पनि साता भरमा कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । कालिञ्चोक हाइड्रोपावरको सेयर मूल्यमा सोमबारदेखि बुधबारसम्म ३ कारोबार दिनमा सकारात्मक सर्किट लागेको थियो । त्यसैगरी, सोपान फर्मास्युटिकल्सको पनि मंगलबारदेखि शुक्रबारसम्मको कारोबारमा सकारात्मक सर्किट लागेको थियो भने एपोलो हाइइड्रोपावरको सेयरमा बुधबार, बिहीबार र शुक्रबार सकारात्मक सर्किट लागेको थियो ।
यता, सातामा सबैभन्दा धेरै बिहीबार सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १३.५१ प्रतिशतले घटेको थियो भने मंगलबार क्रेष्ट माइक्रो फाइन्यान्सको सेयर मूल्य ९.१६ प्रतिशतले घटेको थियो ।
सातामा कुन कम्पनीको कति सेयर कारोबार भयो ?
यो साता सबैभन्दा धेरै सेन्ट्रल फाइन्यान्सको सेयर कारोबार भएको थियो । सेन्ट्रल फाइन्यान्सको साताको पहिलो कारोबार दिन सोमबार ३० करोड ४६ लाख २९ हजार रुपैयाँको कारोबार भएको थियो भने मंगलबार ३५ करोड ९० लाख ४७ हजार रुपैयाँ, बुधबार ११ करोड ८२ लाख ७२ हजार रुपैयाँको, बिहीबार १७ करोड ५६ लाख ५२ हजार रुपैयाँको र शुक्रबार २५ करोड ५३ लाख २४ हजार रुपैयाँको कारोबार भएको थियो । त्यसैगरी धेरै कारोबार हुनेमा दोस्रोमा आँखुखोला हाइड्रोपावर रहेको छ ।
कुन दिन कति कायम भयो बजार पूँजीकरण ?
साताभरिको कारोबारपछि कुल बजार पूँजीकरण ४६ खर्ब ५४ अर्ब रुपैयाँ कायम भएको छ । यसअघि गत साताको अन्तिम कारोबार दिन शुक्रबार बजार पूँजीकरण ४७ खर्ब १ अर्ब रुपैयाँ कायम भएको थियो ।
यो साताको पहिलो कारोबार दिन सोमबार कुल बजार पूँजीकरण ४६ खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो भने मंगलबार ४६ खर्ब ६९ अर्ब रुपैयाँ कायम भयो । बुधबार बजार पूँजीकरणमा सामान्य सुधार देखिँदै ४६ खर्ब ७३ अर्ब रुपैयाँ पुगेको थियो ।
तर, बिहीबार पुनः घट्दै बजार पूँजीकरण ४६ खर्ब ६१ अर्ब रुपैयाँ र शुक्रबार ४६ खर्ब ५४ अर्ब रुपैयाँ कायम भएको हो । साताभर बजार पूँजीकरणमा केही उतारचढाव देखिए पनि समग्रमा गिरावट आएको छ ।










प्रतिक्रिया