ज्योति लाइफको आइपीओ सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार ज्योति लाइफ इन्स्योरेन्सको २ करोड २० लाख कित्ता शेयर सूचीकृत भएको छ । शेयर सूचीकृत भएसँगै ज्योति लाइफको शेयर बुधबारदेखि दोस्रो बजारमा किनबेच गर्न सकिने भएको छ ।

पहिलो कारोबारको लागि नेप्सेले १२०.२९ देखि ३६०.८७ रुपैयाँ ओपन रेञ्ज तोकेको छ । जसको कारोबार जेएलआई (JLI)  कोडमा कारोबारमा आउनेछ । बुधबारको ओपनिङ सेसनमा तोकिएको रेन्जमा कारोबार भएमा नियमित कारोबारमा आउनेछ।

ज्योति लाइफले फागुन २१ गतेदेखि २६ गतेसम्म कुल ६६ लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो । जसमध्ये ३ लाख ३० हजार कित्ता १२ वटा सामुहिक लगानी कोषका इकाईलाई र ३ लाख ३० हजार कित्ता शेयर ज्योति लाइफमा कार्यरत ३१४ जना कर्मचारीलाई सुरक्षित गरी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

उक्त शेयर गोलाप्रथाबाट ५ लाख ९४ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । कम्पनीको शेयर चैत १३ गते शुक्रबार बाँडफाँड भएको थियो।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २४ चैत्र २०७७, मंगलबार  १४ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।