काठमाडौँ । यूनाइटेड आजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले असार ३१ गते, बुधबार बिहान १०ः३० बजे अमरपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट्स प्रालि, बालुवाटार, काठमाडौँमा सभा बोलाएको हो ।
सभाको विशेष प्रस्ताव अन्तर्गत सेयरधनीहरूका लागि लाभांश वितरणको मुख्य प्रस्ताव पेश गरिनेछ। इन्स्योरेन्सले हालको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने २१ करोड रुपैयाँबराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ।
त्यस्तै, उक्त साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरणहरू (नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण आदि) माथि छलफल गरी पारित गरिनेछ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि इन्स्योरेन्सले असार १९ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। तसर्थ, असार १८ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई नियमानुसार कम्पनीको सेयरधनी दर्ता किताबमा कायम रहेका सेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।










प्रतिक्रिया