५ करोड ५१ लाखको लागतमा भवन निर्माण हुँदै


मान्म । यहाँको महावै गाउँपालिकाले प्रशासकीय भवन निर्माण शिलान्यास गरेको छ । शनिबार महावै ७ कोटखौलमा प्रमुख प्रकासकीय भवन निर्माणको शिलान्यास गरिएको हो ।

लामो समयदेखि अस्थायी भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको गाउँपालिकाले सुविधासम्पन्न प्रशासकीय संरचना निर्माणको प्रक्रियालाई तीव्रता दिएको छ । नयाँ भवन ३२ कोठासहित साढे २ तलाको हुने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले जानकारी दिए।

“भवन निर्माणका लागि ५ करोड ५१ लाख ८४ हजार लागत लाग्नेगरी निर्माण कम्पनीसँग गत वैशाख १५ गते ठेक्का सम्झौता गरी कार्यक्षेत्रमा काम सुरु भइसकेको छ । सम्झौताअनुसार विसं २०८४ असार १५ गतेभित्र भवन निर्माणसम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ,” उनले भने ।

इन्जिनियर शाहीका अनुसार सङ्घीय र स्थानीय सरकारको संयुक्त साझेदारीमा भवन निर्माण हुन लागेको हो । सङ्घीय सरकारअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको ६० प्रतिशत र महावै गाउँपालिकाको ४० प्रतिशत लगानी रहने उनले जानकारी दिए। 

प्रकाशित मिति: १४ असार २०८३, आइतबार  १० : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।