ढोरपाटन । बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाखको जेनेरेटर र रक्तदान गर्ने कुर्सी सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाइटीले सञ्चालन धौलागिरि प्रादेशिक अस्पातल क्षेत्रमा सञ्चालन गरेको रक्तसञ्चार केन्द्रबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन जेटेरेटर र कुर्सी सहयोग गरेको हो ।
बागलुङमा विद्युत् आवतजावत गर्ने हुँदा रक्तसञ्चारमा रगत बिग्रिने र गुणस्तर खस्किने जोखिम हुँदै आएको थियो । जेनेरेटर सञ्चालन गरेपछि अब उक्त समस्या समाधान हुने नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले बताए। घण्टौँसम्म लाइन नआउँदा फ्रिजमा राखिएको रगत आवश्यक तापक्रमभन्दा बढी तातिने हुँदा बिरामीलाई दिन नमिल्ने हुने उनको भनाइ छ ।
लाइन जाँदा रातिमा मोबाइलको लाइट बालेर रक्तदान गर्ने र बिरामीलाई सेतो रगत उपलब्ध गराउनुपर्ने बाध्यता अब हट्ने साभापति आचार्य बताउँछन्। अहिलेसम्म सामान्य व्याट्रीबाट रक्तसञ्चारमा काम हुँदै आएकामा अब व्यवस्थित रूपमा सेतो रगत उत्पादन गर्न र रगतलाई व्यवस्थित रूपमा भण्डारण गर्न सकिने उनको भनाइ छ ।










प्रतिक्रिया